Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १३, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनिले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बन्ने बुझिन्छ ।

लगानीकर्ताले आज मंगलबार साँझ ५ बजे सम्म नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।

  • न्युज बहार संवाददाता

थप