पुस ७, काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि खुलाएको आईपीओप्रति लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। आईपीओ खुलेको पहिलो दिनमै १ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका छन्।
बुक बिल्डिङ विधिअन्तर्गत जारी गरिएको यस
आईपीओमा सोमबार १ लाख ९१७ आवेदनमार्फत ५३ लाख ९८ हजार १०० कित्ता शेयरको माग परेको
छ। यो माग कम्पनीले निष्काशन गर्न लागेको शेयर संख्याभन्दा ५.८३ गुणा बढी हो।
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर उपलब्ध
गराएको छ।
प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको
मूल्य तोकिएको यस आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था छ। पहिलो
दिनमै यसबाट ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। आईपीओ आगामी
बिहीबारसम्म आवेदनका लागि खुला रहनेछ भने निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी
ग्लोबल आईएमई क्यापिटलले लिएको छ।
- न्युज बहार संवाददाता