Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७.०१ अंकले घट्यो नेप्से, दुई कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । नेप्से यस साताको पहिलो कारोबार दिन पनि घटेको छ । आज सोमबार पनि नेप्सेले घट्ने प्रकृयालाई निरन्तरता दिएको ह।

यस दिन नेप्से परिसूचक १७.०१ अंक(०.९३ प्रतिशत)ले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बजारमा यस दिन ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन नेप्से घटेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ  भने यस दिन दुई स्टक किसान लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन गोर्खाज फाइनान्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । आज सर्वाधिक २.१९ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक २.२५ प्रतिशतले कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप