Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बुधबार शेयर बजारमा उच्च अंकको गिरावट

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

भदौ १९, काठमाडौँ । आज बुधबार शेयर बजारमा उच्च अंकको घटेको छ । आज नेप्से ९०.७३ अंक( ३.२० प्रतिशत)ले घटेर २७३९.४६ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से सँगै कारोबार रकम पनि घटेको छ ।

आज बजारमा कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।

आज बजारमा पनि ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ। यस दिन विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त एक्सेल डेभलपमेन्ट बैंक, समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ ।

यस दिन नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट देखिएको छ । १३ मध्ये फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ छ ।

  • न्युज बहार संवाददाता

थप