माघ
२, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
यस
दिन नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेको हो ।
यस दिन कारोबार रकम भने
घटेको छ। बजारमा यस दिन २९९ स्टकको ६३ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ४९
लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट
लेभलमा कारोबार भएको छ भने न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ।
यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर
एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३२ करोड ४९ लाख
रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा
आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक
बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक १.७६ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक ३.४८ प्रतिशत कारोबारमा आएको वित्त उपसमूहको परिसूचक घटेको
छ।
- न्युज बहार संवाददाता