असार १८, काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार सुय बजार परिसुचक नेप्से उच्च अङ्कले घटेको छ ।
गएको हप्ताको बुधबारदेखि घट्न थालेको सेयर बजार लगातार तेस्रो दिन ज सोमबार पनि २१.३२ अङ्कले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। यो आजको गिरावट १.०२ प्रतिशत हो । यसदिन बजारमा २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता किनबेच भएको छ ।
लगातार तिन दिन बजार घट्दा पनि लगानिकर्ताले घटेको बजारमा सेयर बिक्री गर्न नचाहेको देखिएको छ ।
लगानिकर्ताले सेयर बिक्री गर्न नचाहादा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ । यससँगै किन्न चाहेका लगानीकर्ताहरु पनि पर्ख र हेरको स्थितिमा रहेको पाइन्छ।
आज सेयर बजारमा होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले बढी कमाए छन भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् ।
- न्युज बहार संवाददाता