Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुबै बढ्यो

  •   ३ वर्ष अघि | २५ माघ २०८०, बिहिबार

माघ २५, काठमाडौँ । नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ।

यसदिन नेप्से परिसूचक ५.६८ अंक (०.२७ प्रतिशत)ले बढेर २०९६.३२ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर र समाज लघुवित्त र को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९७ प्रतिशत घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक १.४४ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १ प्रतिशतले म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप