Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘बाडुल्की’ किन लाग्छ, यसको असर के हुन्छ?

  •   ३ वर्ष अघि | ११ जेष्ठ २०८०, बिहिबार

जेठ ११, काठमाडौँ। सबैलाई कहिले काहीँ बाडुल्की आउने गर्दछ। तर बाडुल्की किन र के भयो भने आउँछ भन्ने धेरैलाई स्पष्ट कारण भने थाहा छैन। हाम्रो नेपाली समाजमा कतिपयले बाडुल्की आउनुलाई कसैले सम्झेको रुपमा पनि लिन्छन त कसैले चिसोको कारन आएको भन्छन। अझै बाडुल्की बच्चाहरलाई आउँदा त चिसो लागेको नै हो भनेर चिसो नहुने उपाय अपनाउन थालिन्छ। तर यो सरासर गतल हो। बाडुल्की यही कारणले आउने गर्छ भन्ने यकिन अहिले सम्म हुन सकेको छैन।

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एक खालको पातलो मासुको झिल्ली रहेको हुन्छ। हामीले सास लिंदा त्यो पातलो मासुको झिल्ली फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ। यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई चिकित्सकिय भाषामा ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना पैदा भई अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन जान्छ। हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाईलाइ नै बाडुली लाग्नु भन्ने गरिन्छ ।

यसले गर्दा हामी सासभित्र लिन पुग्छौँ । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिन्छ र हिक–हिक आवाज आउँन थाल्छ । यो अवस्थालाई हामी नेपाली भाषामा ‘बाडुली लागेको’ भन्ने गरिन्छ।

सामान्यतया केही मिनेट र कहिलेकाही निक्कै लामो समयसम्म लाग्ने बाडुली यही कारणले लाग्छ भनेर अझै पनि वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् । कहिलेकाही मात्र लाग्ने बाडुली पानि वा अन्य खानेकुरा खादै गर्दा आफै ठिक भएर पनि जान्छ। केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्ने हुनाले र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

बाडुलीले हाम्रो जीवनमा खासै कुनै कारण र महत्व राख्दैन। बाडुली लाग्दैमा शरीरलाई फाइदा वा नोक्सान पनि हुदैन यसले हामिलाई केही समय अप्ठेरो बनाउँछ। यसबारे अझै अनुसन्धान जारी नै रहेको छ।

  • न्युज बहार संवाददाता

थप