फागुन १, काठमाडौँ । आइरन एक खनिज हो जुन हाम्रो शरिरको विभिन्न शारीरिक
कार्यहरूको लागि आवश्यक पर्दछ । यो शरीरलाई आवश्यक पर्ने सबैभन्दा
महत्त्वपूर्ण तत्वहरू मध्ये एक हो । यसले हाम्रो समग्र
स्वास्थ्यमा प्रमुख भूमिका खेल्छ ।
हामीले आफ्नु स्वास्थ स्वस्थ राख्न आइरन युक्त खानेकुराहरु
खानु पर्दछ । हामीले हाम्रो दैनिकीमा आइरन युक्त खानेकुरा समेवेश गर्नाले शरीरले
पर्याप्त रातो रक्त कोशिकाहरू उत्पादन गर्न सक्छ, रातो रक्त
कोशिकाहरूले फलामको कमी भएको एनीमिया रोगबाट बचाउन सक्छ। आइरन युक्त खानेकुरा खानाले
थकान, कमजोरी र जस्ता लक्षणहरूलाई टाढा राख्न मद्दत
गर्दछ।
यहाँ आइरनमा धनी ५ खानेकुराहरूको बारेमा चर्चा
गरिएको छ:
रातो मासु – मासु मध्ये पनि विशेष गरी कलेजो आइरनले भरिएको हुन्छ।
पालक – पालकलाई हामी पालुङ्गोको साग भनेर पनि चिन्छौँ । पालक पनि आइरनको एक महान स्रोत हो ।
दाल – दालमा पनि आइरनको मात्रा उच्च हुन्छ ।
टोफु - आइरनको एक राम्रो स्रोत हो टोफु ।
विशेष गरी सन्तुलित आहारमा संयोजन गर्दा यी खानाहरूले
तपाईंको आइरनको आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छन ।
- सृजना प्याकुरेल