जेठ ८, काठमाडौँ। पिनास भनेको नाकसँग सम्बन्धित समस्या हो। नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने एक प्रकारको रोगलाई र टाउको, अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।
रूघा खोकी लाग्दा एलर्जी हुँदा साइनसमा सिगान भरिन्छ र सुन्निन्छ त्यस्तै धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुने गर्दछ । रुघाखोकी लाग्दा पनि पिनास हुन्छ त्यसैले पिनास हुँदा के खाने के नखाने एकदमै विचार पुर्याउनु पर्ने हुन्छ।
पिनास हुँदा के खाने?
पिनास
भएको बेलामा पानी जाहिले पनि तातो वा मनतातो बनाएर खाने र प्राय चिल्लो रहित
उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खानेगर्नुपर्छ। तातो पानीमा अदुवा, पिप्ला
मिश्रीत गरी पिउनाले पिनासलाई केही हदसम्म ठिक गर्छ। त्यस्तै हल्का तातो पानीमा
तुलसीको पात,
अदुवा र मह मिश्रीत गरि चिया बनाई खानुपर्छ ।
कागती पानीको सर्वत बनाएर खान सकिन्छ र चिकित्सकको सल्लाह बमोजिम सादा तथा
बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खनेकुराहरु खान सकिन्छ ।
पिनास हुँदा के नखाने?
पिनास भएको समयमा चिल्लो र चिसो, दही, दुध, तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको साग माछा, मासु , अण्डा, मासको दाल खानु हुँदैन ।यसपछी
मरिच, अदुवा, दालचिनी
पनि पिनास हुँदा खानु हुँदैन। यसैगरी चिकित्सकको सल्लाह बमोजिम खाना बार्ने गर्नु
पर्छ ।
- न्युज बहार संवाददाता