Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चामल वा चामलको परिकार चट्कै खान छोड्दा के हुन्छ ?

नेपालीहरुको प्यारो खानेकुरा हो चामलको भात ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार


फागुन ८, काठमाडौँ । हामी नेपालिहरुको जिवनशैली वा दैनिकी भात सँगै सुरु र भात सँगै अन्त्य हुन्छ भन्दा फरक पर्दैन । नेपालीहरुको प्यारो खानेकुरा हो चामलको भात । परापुर्वक काल देखि भात खादै हुर्केका हामी भात नखादा फाइदा हुन्छ की खादा फाइदा हुन्छ भन्ने कुरा सोच्न तर्फ समयनै दिदैनौं । आज के खाने भात भोली के खाने भात । तर अहिले धेरै जसो मान्छेमा देखिएको मधुमेह मोटोपन, जस्ता समस्याका कारण कतिपयले चामल वा भातको विकल्पको रूपमा अरू नै खानेकुरा रोज्ने गरेका छन् । तर पनि हाम्रो मुख्य खान्की चामल चाहीं भात नै हो, जुन पुस्तौंदेखि हाम्रो भान्सामा पाक्दै आएको छ । यद्यपि अहिले चामल खान छाड्नेको संख्या पनि बढ्ने क्रममा छ।

हामी मध्ये धेरैलाई थाहा भएकै कुरा हो चामल तथा चामलको भातमा कार्बोहाइड्रेटको मात्रा उच्च रुपमा हुन्छ । जसलाई हाम्रो मानव शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाइदिन्छ । जसले शरीरमा ऊर्जा प्राप्त हुन्छ अझ भनम यो हाम्रो शरिरलाई चाहिने उर्जा स्रोत हो ।

चामलको साटो अन्य अन्नको सेवन गरियो भने त शरीरमा नकारात्मक त्यस्तो केही असर गर्दैन । तर कुनै पनि प्रकारको अन्न सेवन गरिएन र चामल वा चामलको भात र चामलका अन्य खानेकुरा चटक्कै छोड्दा शरीरमा ऊर्जा प्राप्त नहुन सक्ने समस्या देखिन सक्ने पोषणविदहरुले बताउँदै आइरहेका छन ।

शरीरमा ऊर्जा प्राप्त नहुदा शरीरले आफ्नो काम राम्ररी गर्न सक्दैन । अझ मधुमेह भएका व्यक्तिले चामल वा भात खान हुदैन भन्ने हाम्रो सोच छ तर मधुमेह भएका व्यक्तिले भात वा चामल खानै हुन्न भनेर चटक्कै छोड्दा उनीहरू अचानक कमजोरी र पातलो हुने समस्या देखिन सक्छ ।

थप