साउन १८,
काठमाडौँ । यही साउन २१ गतेदेखि काठमाडौँ महानगरपालिकाले नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन
गर्ने लागेको छ ।
उक्त
अभियान यसअघि मात्रा पूरा गर्नेका लागि र कुनै
पनि मात्रा नलगाएकाहरुको लागी सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ
महानगालिकाको नौ वटा वडामध्ये साउन २१ र २२ गते वडा नं ६, ११, १४, १७ र ३१,
मा २ दिन
कार्यक्रम चलाइनेछ । यसैगरी साउन २३ र २४ गते वडा नं १२, १५, १९ र ३२ वडामा दुई दिन कार्यक्रम
चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिएका
छन।
यस अभियानले
दोस्रो, तेस्रो र
चौथो मात्रा नलगाउने र पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्नका लागि सहज बताइएको
छ ।
- न्युज बहार संवाददाता