पुस १४, काठमाडौँ । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि ल्याएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रक्तसञ्चार
सेवा केन्द्रले रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।
रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवका अनुसार गत
हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको सुरुवात गरिएको हो ।
यस प्रविधिबाट दान
गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने सङ्क्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड
इन्फेक्सन) को जोखिमलाई कम गर्न सकिने विश्वास
लिइएको छ ।
- न्युज बहार संवाददाता