असोज २५,
काठमाडौँ । बिहीबारबाट काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण
शिविर सञ्चालन गरेको छ ।
विश्व
दृष्टि दिवसको उपलक्ष्यमा महानगरपालिकाले बिहीबारबाट नेपाल आँखा अस्पतालको
सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
काठमाडौँ
महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका सञ्चारकर्मी,
आम
सञ्चार प्रतिष्ठानका पत्रकार, कर्मचारी, काठमाडौँ महानगरपालिकाका
जनप्रतिनिधि, महिला
स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।
काठमाडौँ
महानगरपालिकाले विश्व दृष्टि दिवस २०८० को अवसरमा नेपाल आँखा अस्पतालको सहकार्यमा
निःशुल्क आँखा जाँच गरेको हो।
- न्युज बहार संवाददाता