Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बडा दशैँको सातौं दिन, घरघरमा फुलपाती भित्राइँदै

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

असोज २४, काठमाडौँ । आज बडा दशैँको सातौं दिन अर्थात फुलपाती । आजको दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँने चलन छ । शास्त्रीय विधिअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात दुर्गापक्षको दिन नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजा कोठा वा दशैँघरमा हलेदो,उखु, केराको बोट, बेलपत्र, धानको बाला, जयन्ती, दारिम, मानवृक्ष र अशोकको फूल भित्राउने प्रचलन रहिआएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार फूलपाती भित्राउन साइतको आवश्यकता पर्दैन । गोरखा जिल्लाबाट ल्याइएको फूलपाती काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा भित्राउने परम्परा छ । 

  • न्युज बहार संवाददाता

थप