बैशाख ४, काठमाडौं। पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ६३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
यस्तै यस संख्या थप भए सँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन् ।
निरन्तर संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता