असोज २८, काठमाडौँ । नेपालमा पनि विविधि कार्यक्रम गरी आज विश्व हात धुने दिवस मनाइँदै छ । सन् २००८ अक्टोबर १५ देखि नेपालमा विश्व हात धुने दिवस मनाइन थालेको हो ।
विभिन्न अध्ययनहरूले साबुनपानीले मिचीमिची हात धुने बानीले जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण र झाडापखालामा कमी ल्याउन तथ्य देखाएका छन् ।
साबुनपानीले नियमित बालबालिकाको दिसा धोएपछि, शौचालय प्रयोग गरेपछि, खाना बनाउनु, हात फोहर भएपछि, खाना खानु र खुवाउनु अगाडि, नाक, अनुहार, आँखा, मुख, छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि हात धुने बानी विकास गर्नुपर्दछ । साथै घरमा नै बालबालिकाहरुलाई साबुनपानीले हात धुने बानी पनि बसाल्नुपर्नेछ ।
- न्युज बहार संवाददाता