कार्तिक २८, काठमाडौँ । आज देशभर नेपाल संवत् ११४४ विविध
कार्यक्रम आयोजना गरी मनाइँदैछ । हाल नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका
रूपमा मनाउने गरेका छन् ।
विसं ९३७
(इ सं ८८०) मा राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी नेपाल
संवत्को सुरुवात गराएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा
त्रिरत्न मानन्धरले नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय
संवत्को मान्यता पाएको बताउँछन ।
नेपाल
संवत्लाई विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै राष्ट्रिय मान्यताका लागि
अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा ललितपुर, काठमाडौँ, बनेपा, भक्तपुर, बाह्रबिसे, धुलिखेल, दोलखा भीमेश्वरलगायत नेवार समुदायको
बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
आजैको दिन नेवार समुदायमा विशेष
रुपमा मनाइने म्हः अर्थात आत्म पूजासमेत परेको छ । नेवार समुदायका मानिसले आज
कार्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
- न्युज बहार संवाददाता