असोज १९, काठमाडौँ । आज विश्व मुस्कान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अक्टोबर ६ मा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ । सन् १९९९ देखि मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न यो दिवस मनाउन सुरुआत गरिएको हो ।
विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?” “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”
मुस्कुराइरहुनका धेरै फाइदा छन् । जसमध्ये मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउन सहयोग गर्छ । मुस्कानले स्वास्थ्यलाई फाइदा पनि गर्छ । त्यसैले मुस्कुराउने होइन त?
- न्युज बहार संवाददाता