भदौ ३१, काठमाडौँ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात आज दर खाने दिन । आजको दिनमा विभिन्न पक्रारको मिठा खानेकुराखाएर मनाइँदै छ । दर खाने दिनमा इष्टमित्र, परिवार, साथीभाई र छिमेकी भेला भएर एकै ठाउँमा बसी विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।
आज दर खाएपछी भोलि अर्थात हरितालिका तीजको दिन निराहार व्रत बस्ने चलन छ । यसै चलन अनुसार आज त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने प्रचलन छ ।
तिजको अवसरमा विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।
काठमाडौँको पशुपति लगायतका देशभरका शिवालयहरुमा हरितालिका तीजको दिन व्रतालुको घुइँचो लाग्ने गर्दछ ।
- न्युज बहार संवाददाता