असार ७, काठमाडौँ
। आज विश्व दशौँ अन्तर्राष्ट्रिय योग दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न
कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
सुमना श्रेष्ठको अध्यक्षतामा सरकारले यो दिवस मनाउन मूल समारोह समिति समेत गठन
गरेको छ ।
योग दिवस
अवसरमा
आज बिहानैदेखि टुँडिखेलमा योगाभ्यास लगायत योग सँग सम्बन्धित कार्यहरू भइरहेका छन्
। टुँडिखेलमा सहभागीहरूले योगका विभिन्न अभ्यास गरिरहेका छन् ।
- न्युज बहार संवाददाता