Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज हरि बोधिनी एकादशी, विधिपुर्वक तुलसी र दामोदरको बिबाह गरिदैँ

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

मंसिर ७, काठमाडौँ । विष्णुका भक्तले चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । शास्त्रीय विधि अनुसार हरि शयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ ।

आज भगवान् विष्णुको प्रतीकका रुपमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व मनाउन लागिएको हो । हरि शयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भन्ने गरिएको हो ।

आज हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

परम्परा अनुसार तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने गरिन्छ। विष्णुको प्रतीकका रुपमा तुलसीको मठ नजिकै निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा पनि गरिन्छ । धार्मिक विश्वासले कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने जनाउँछ

यमदूत पनि तुलसीको पूजा गरिएको घरमा पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाएर पुजा आराधना गर्ने गर्दछन

  • न्युज बहार संवाददाता

थप