असार १५,
काठामडौँ। आज असारको १५ गते धान दिवस तथा रोपाइँ महोत्सव। आज नेपालीहरुका लागी
अर्को विशेष दही चिउरा खाने दिन।
मानु रोपेर
मुरी फलाउने विशेष दिन भएकाले आज दिनभर खेतमा काम गर्नु पर्ने र खाजाको रूपमा दही–चिउरा खानुपर्छ भन्ने मान्यता नेपाली
समाजमा प्रचलित छ । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिन भने अरु समय
नखानेले पनि मुखमा हाल्नै पर्ने भन्ने खालको को महत्व छ ।
स्वादिलो र
स्वस्थकरका साथै छिटो र मीठो पनि त्यसमाथी न त यसलाई पकाउनुपर्ने चिन्ता, । जुनसुकै समय खान मिल्ने खाजा हो दही
चिउरा।
यो सस्तोमा
सजिलै उपलब्ध हुने अत्यधिक पोषणयुक्त खाजा हो । अज बच्चाहरुलाई जंकफुडको सट्टामा
दही चिउरा खुवाउने हो भने यसले धेरै फाइदा दिन्छ । साथै दही चिउरा स्वादिष्ट र
पौष्टिक तत्वले भरिपूर्ण पनि हुन्छ।
- न्युज बहार संवाददाता