Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यस्तो छ आज भाइटिकाको उत्तम साइत

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर यो दिन मनाउने गरिन्छ । यस दिन दाजुभाइदिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर समृद्धि, दीर्घायु, ऐश्वर्य र येशको कामना गर्दछन् ।

दाजुभाइलाई टीका लगाइदिइसकेपछि दिदीबहिनीले ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका मिठामिठा खानेकुरा दिने प्रचलन रहेको छ । त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । समितिका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सकिने छ।

 

  • न्युज बहार संवाददाता

थप