जेठ ६, खोटाङ
। खोटाङ जिल्लामा यही जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आइपिभी खोप
कार्यक्रम सञ्चालन हुदैँ छ । कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सातसय १३
बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंका अनुसार यही जेठ
१३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका
लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र निर्धारण गरिएको छ ।
स्वास्थ्य कार्यालयले खोप कार्यक्रमका लागि हरेक खोप
केन्द्रमा एक/एक स्वास्थ्यकर्मी तथा दुई/दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन
गरिने जनाएको छ ।
- न्युज बहार संवाददाता