असोज १८,
काठमाडौँ । काठमाडौँमा पछिल्लो १२ दिनको अवधिमा ६०० जनामा डेंगु सङ्क्रमण पाइएको छ
। स्वास्थ्यकर्मीहरूको अनुसार काठमाडौँ उपत्यकामा कात्तिक मसान्तसम्म डेंगु
सङ्क्रमणको उच्च जोखिम रहेको छ।
१२
दिनअघि काठमाडौँमा १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता पनि नपुग्दै ६ सय
जना थपिएका छन। यससँगै काठमाडौँमा डेंगु सङ्क्रमितको संख्या ७२१ पुगेको छ। सरुवा
रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई अनुसार विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम
हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको छ।
डा. पुनले
काठमाडौँमा कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु
सार्ने लामखुट्टे देखिइरहने बताएका छन ।
- न्युज बहार संवाददाता