Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ उपत्यका लगायत देशभरी बढ्दो बायु प्रदूषणका कारण बिरामीहरुको संख्या बृद्धी

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

चैत २२, काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरी अहिले बायु प्रदूषण बढ्दो क्रममा छ । यससँगै उपत्यका लगायतका अस्पतालहरूमा बिरामीहरुको चाप बढेको छ । 

वायु प्रदूषणका कारण आज भोली धेरै जसो मानिसहरूमा श्वासप्रश्वासको समस्या, दम र फोक्सो सङ्क्रमण हुने समस्या देखिएको छ ।

वायु प्रदूषण बढ्दा अस्पतालहरूमा सुख्खा खोकी लाग्ने, आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, टाउको दुख्ने, थकान महसुस हुने, एलर्जी र जलन हुने,  लगायतका स्वास्थ्य सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका चिकित्सकहरूले जनाएका छन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गर्मी मौसम लागेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यबाट निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैलाका कारण केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको हो ।

  • न्युज बहार संवाददाता

थप