Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शीतलहर र चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, पर्सा । चिसो बढेसँगै पर्साजिल्लामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्दै जान थालेका छन् । केही दिनयता बढेको शीतलहर र चिसोका कारण ग्रामीण बस्ती र सहरी क्षेत्रमा श्वासप्रश्वास, रुघाखोकी तथा ज्वरोका बिरामी ह्वात्तै बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्जस्थित प्रभु अस्पताल, नारायणी अस्पताल, बयोधा अस्पताल नेपाल मेडिसिटी लगायत ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको छ । दुधेबालकदेखि वृद्धवृद्धा निमोनिया, ज्वरो, रुघाखोकी श्वासप्रश्वासको समस्याबाट पीडित भएका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको जानकारी दिएका छन । उनले निमोनिया, रुघाखोकी ज्वरो लगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको बताए । डा सिंहका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएपछी शय्याको अभाव भएको र अहिले भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।

  • न्युज बहार संवाददाता

थप