असोज २१, काठमाडौँ । डेंगुको जटिलताबाट
भर्ना हुने बिरामी संख्या उपत्यकाका अधिकांश अस्पतालमा दिनप्रतिदिन बढिरहेको छ । मनसुन रोकिएसँगै काठमाडौँ
उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् ।
बिहानैदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी बहिरंग कक्षमा लाइन लाग्ने गरेका छन् । डेंगु संक्रमण पुष्टि भएपछि अन्य अस्पताल वा प्रयोगशालाबाट टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा रहेको छ ।
एक हप्ता अगाडि दैनिक २/३ जना संक्रमण पुष्टि हुने गरेकोमा अहिले तीन–चार दिनमा डेंगु संक्रमितको केस ह्वात्तै बढेको पाइएको छ । अबका केही दिन अझ डेंगु संक्रमित संख्या बढ्ने आकलन गर्न समेत गरिएको छ ।
हालसम्म डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भइसकेको छ ।
- न्युज बहार संवाददाता