Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘अमला’ नाम एक फाइदा अनेक

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, काठमाडौँ । अमला एक यस्तो फल हो जसलाई भिटामिन सीको खजाना भनेर पनि चिनिन्छ । अमलाको सिजन जाडो महिनालाई मानिन्छ । समान्य तया अमला कात्तिकदेखि नै खान योग्य हुन्छ । अमलामा भरपुर मात्रमा भिटामिन सी पाइन्छ जसले हाम्रो मानव शरिरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन एकदमै महत्वपुर्ण भुमिका खेलेको हुन्छ । प्रतिरक्षा प्रणालीलाई बलियो हुनु भनेको बदलिँदो मौसममा रोगहरूबाट बच्न सक्ने क्षमता बलियो हुनुलाई मानिन्छ ।

अमालाका धेरै फाइदाहरु छन जस मध्ये हामीले पाँच प्रमुख फाइदाको बारेमा याहाँ व्याख्या गरेका छौँ ।

अमला छालाको लागि फाइदाजनक हुन्छ । अमलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई फ्री रेडिकलबाट बचाएर स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ ।

अमलामा पाइने भिटामिन सीले शरिरको इम्युनिटीलाई बलियो बनाउँछ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ ।

अमलाको सेवन हाम्रो कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ अमलाले कपाललाई बलियो बनाउनुका साथै कपाल झर्नबाट रोक्छ ।

अमालामा भएको भिटामिन ए आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले मोतिबिन्दु र अन्य आँखा समस्याहरूको जोखिम कम गर्न मद्दत गर्न सक्छ ।

अमलामा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । 

  • सृजना प्याकुरेल

थप