बैशाख १३, सुर्खेत । औलो रोगको प्रभाव कर्णालीका
हिमाली जिल्लामा देखिन थालेको छ ।
स्वास्थ्य
सेवा निर्देशनालय कर्णालीले सार्वजनिक गरेको तथ्यांकले विगतमा तराईमा मात्रै
देखिने औलो रोग अहिले हिमालसम्म पुगेको देखाएको छ । विश्व औलो दिवसका अवसरमा सुर्खेतमा
गरिएको अन्तर्क्रियामा यो तथ्य बाहिर आएको हो ।
निर्देशनालयका
भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले औलो रोगको अवस्थासम्बन्धी
पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र
नगरपालिका–२ औलो
रोगको उच्च जोखिममा रहेको बताएका छन।
हुम्लाको वीरेन्द्रनगर
नगरपालिका–७ सहित ९, ताजाकोट
१, चङ्खेलीको
२, अदानचुली
गाउँपालिकाको २ र ३, मुगु सोरु
गाउँपालिकाको ४, ५, खत्याडको १, मध्यम जोखिममा रहेको उनले जनाएका
छन।
- न्युज बहार संवाददाता