Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तनहुँ : पूर्ण खोप सुनिश्चित जिल्ला

  •   २ वर्ष अघि | १९ असार २०८१, बुधबार

असार १९, तनहुँ । पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा तनहुँ जिल्लालाई घोषणा गरिएको छ ।

जिल्लाका दशवटै पालिकालाई यस अगाडि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

हिजो मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित स्वास्थ्य कार्यालयद्वारा तनहँलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले दिएका हुन ।  

  • न्युज बहार संवाददाता

थप