Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँ र कास्की जिल्लामा

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

भदौं १४, काठमाडौँ । सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँ र कास्की जिल्लामा देखिएका छन् । २७ अगस्ट सम्ममा देशभर ५ हजार ५८९ जना सङ्क्रमित भेटीएका छन  भने सबैभन्दा धेरै तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित भटिएका हुन् ।

२३ अगस्टसम्म देशभर ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको देखिएको थियो । २७ अगस्ट सम्ममा ४७० जना थपिएर ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।

यो तथ्याङ्क माघयताको रहेको र देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप