फागुन ७, काठमडौँ । आज फागुन ७
गते शनिबार तद अनुसार फागुन कृष्ण चतुर्दशी । आज ७३औँ प्रजातन्त्र दिवस हो । आउनुस
तपाईको आज कस्तो छ हेरम आजको ज्यो.प. नारायणप्रसाद दुलालको राशीफलबाट ।
मेष - आज नजिकको
व्यक्तिबाट कार्य पुरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको साथ र सहयोग
पाइनेछ । आकस्मिक धन लाभ हुनेछ ।
वृष – आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । जोशजाँगर र हिम्मत
बढ्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ ।
मिथुन
- आज मानसिक चिन्ता र चञ्चलता
बढेको महसुस हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर
रहने देखिन्छ ।
कर्कट - आज नयाँ वस्त्र र अलङ्कारको प्राप्ति होला । सांगीतिक
क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ
मिल्नेछ ।
सिंह – आज रोकिएका काम
पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । परिवारका सदस्यहरूसँग भेटघाट
हुनेछ । धार्मिक यात्रा गर्ने
अवसर प्राप्त हुनेछ ।
कन्या - पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बिनाप्रतिस्पर्धा
फाइदा हुने योग छ । धार्मिक यात्राको योग पनि छ । बौद्धिक विकास होला ।
तुला - आज कूटनीतिक नियोगको सहयोग मिल्ला । मनमा शान्ति छाउला । दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ । कार्यमा सफलता पाइनेछ ।
वृश्चिक
– आज नयाँ कार्यको योजना बन्ला । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य
पूरा गर्न सहयोग मिल्नेछ ।
धनु - शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको प्रारम्भ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक तथा परोपकारमा पनि रुचि बढ्नेछ ।
मकर - आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । अधुरो काम पूरा हुनेछ ।
कुम्भ
- महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय रहला । स्वास्थ्यप्रति
सजग रहनु होला । राजनैतिक कार्यमा बाधा आउनेछ ।
मिन -
आज शत्रु पराजित हुनसक्छन् । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा
र धार्मिक कार्यमा मन पनि जानेछ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ
रहोस् शुभदिन ।