Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भिटामिन डि समावेश भएका केही खानेकुराहरु

  •   २ वर्ष अघि | ३१ बैशाख २०८१, सोमवार

बैशाख ३१, काठमाडौँ । बेस्तताको हाम्रो दैनिकीले गर्दा हामीले आफ्नो लागि खासै समय दिन सकिरहेको छैनौँ । आफ्नो शरिरलाई स्वस्थ बनाउन तर्फ हामीले ध्यान नदिएको पाइन्छ । यसले गर्दा हाम्रो शरिरमा धेरै पक्रारका कमीहरु भइरहेका हुन्छन । स्वास्थ शरिरका लागि विभिन्न प्रकारका भिटामिनको आवश्यकता पर्ने गर्दछ । यी र यस्ता भिटामिन मध्ये एक हो ‘भिटामिन डी’।

हाम्रो शरीरलाई भिटामिन डीले स्वस्थ राख्नुका साथै यसले हड्डीहरुलाइ बलियो बनाउँछ । शरिरमा भिटामिन डी को कमी हुँदा ब्लड प्रेसर ठिक नहुने, जोर्नी र हड्डी दुख्ने, थकान महसुस हुने लगायतका समस्याहरु देखिन थाल्छन ।

शरिरमा भिटामिन डीको कमी हुन नदिन हामीले हाम्रो दैनिकी खानामा प्राकृतिक रूपमा भिटामिन डी समावेश गर्न सक्छौँ । भिटामिन डीले भरिपुर्ण खानेकुराहरुलाइ आफ्नो खानामा समावेश गर्दा यसको कमीबाट हुने रोग तथा समस्याहरुबाट टाढा रहन सकिन्छ । आउनुहोस जानिराखौँ भिटामिन डीका स्रोतहरु के के हुन ।


बोसोयुक्त माछा : साल्मन, म्याकरेल, सार्डिन, ट्राउट र टुना जस्ता बोसोयुक्त माछा भिटामिन डीका राम्रो स्रोत हुन्।

कड लिभर आयल : यो तेल भिटामिन डी मा भरपूर रहेको हुन्छ भने यसमा ओमेगा-३ फ्याटी एसिड पनि समावेश भएको हुन्छ ।

अण्डाको पहेँलो भाग : अण्डाको पहेँलो भागमा पनि भिटामिन डी पाइन्छ ।

पनीर : केही प्रकारका चीजमा पनि थोरै मात्रामा भिटामिन डी पाइन्छ ।

बीफ कलेजो : बीफ कलेजो भिटामिन डी सहित अन्य विभिन्न पोषक तत्वहरूको राम्रो स्रोत मानिन्छ ।

दूध : गाईको दूध र बिरुवामा आधारित दूध विकल्पहरू (जस्तै सोया दूध, बादामको दूध, र ओट मिल्क) मा भिटामिन डी समावेश हुन्छ ।

सुन्तलाको जुस : सुन्तलाको जुसमा पनि केही मात्रामा भिटामिन डी पाइन्छ ।

दही : केही दही ब्रान्डका दहीहरुमा नि भिटामिन डी समावेश गरिएको छ । 

  • सृजना प्याकुरेल

थप