Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कृत्रिम र प्राकृतिक रूपमा पाकेको आँप पहिचान गर्ने केही आधारहरु

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । अहिले नेपाली बजारमा जता पनि आँप देख्न थालिएको छ । आँपको मौसम सुरु भएसँगै बालबालिका तथा बृद्धबृद्धाहरुले पनि आँपको सेवन गर्ने बढ्न थालेका छन । तर हामीले यसरी तर सिजन अगावै र पछिसम्म पनि बजारमा पाइने रसायनको प्रयोग भएका आँपहरू खाँदा यसले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू बताउँछन्।


 

यस्ता केमिकल युक्त आँप खाँदा प्राय मानिसमा पेट दुख्ने तथा फुड पोइजनिङका साथै झाडापखाला लाग्ने मस्या देखिन्छ । यस्तो रसायनयुक्त आँपको सेलामो र अत्याधीक सेवनले लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले देखाएको छ ।  अध्ययनका अनुसार हामिले रसायनमुक्त आँप पहिचान गरेर मात्र खानुपर्ने हुन्छ ।

रसायन प्रयोग गरी पकाएका र प्राकृतिक रूपमा पाकेको आँपहरू पहिचान गर्नका लागि हामी आँपको बास्ना, रङ्ग र स्वादलाइ आधार बनान सक्छौँ । कृत्रिम र प्राकृतिक रूपमा पाकेको आँप पहिचान गर्ने केही आधारहरु यस्ता रहेका छन ।


रसायन प्रयोग गरिएको आँप प्राकृतिक रूपले पाकेको आँपभन्दा धेरै चम्किलो र हेर्दा लोभलाग्दो देखिने खालका हुन्छन जबकी प्राकृतिक रूपमा पाकेको आँप हल्का पहेँलो र हरियो रङ्गको हुन्छ । बढी गढा रङ्गको आँपमा कृत्रिम रङ्ग कमिकलको प्रयोग गरिएको हुन्छ ।

प्राकृतिक रूपमा पाकेको आँप स्वादिलो, रसिलो हुनुपर्छ जबकी केमिकल प्रयोग भएको आँपको स्वाद र खल्लो किसिमको हुन्छ ।

रसायनले पकाइएको आँपमा कालो र सेतो विभिन्न दागहरु हुन्छन भने प्राकृतिक रूपले पाकेको आँपमा त्यस्ता दाग, धब्बाहरू कम हुन्छन वा हुँदै हुदैँनन् ।

केमिकल प्रयोग गरेर पकाइएको आँपको बास्ना आउँदैन तर प्राकृतिक रूपमा पाकेको आँपबाट मिठो बास्ना आउने गर्छ । 

रसायन प्रयोग भएको आँप काटेर हेर्दा भित्री गुदीको रङ्ग सामान्य आँपभन्दा फरक देखिन सक्छ । यस्ता आँप बढी पाकेको अर्थात् कतै बढी पहेँलो र पाकेको कतै काँचै हरियो हुन्छन  । 

  • सृजना प्याकुरेल

थप