भदौ २९, सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा रेडक्रस सोसाइटीले डेङ्गु सङ्क्रमण रोक्न तीन महिने अभियान सुरु गरेको छ । रेडक्रसले जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि उक्त अभियान थालेको हो ।
आगामी नोभेम्बरसम्म रेडक्रसले डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले यस अभियानका क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन ।
यसका साथै डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन गर्ने तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत रेडक्रसले थालेको छ । रेडक्रस सोसाइटीले हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढ्न थालेपछी अभियान सुरु गरेको हो ।
- न्युज बहार संवाददाता