बैशाख ३१, काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई आज एकैसाथ खोप लगाउँने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ।
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिएका हुन।
उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउनवाट छुटेका कुनै पाँच वर्षदेखि मुनिका बालबालिकाहरु छन भने उनिहरुलाई १३ प्रकारका खोप लगाइने यस कार्यक्रम अन्तर्गत लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भनेर यो अभियान चलाएको हो। जसमा यही बैशाख १५ गते पनि आज जसरी नै खोप अभियान चलाइएको थियो। आज यस अभियानको अन्तिम दिन हो।
- न्युज बहार संवाददाता