Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट सकियो पितृपक्ष अर्थात् सोह्रश्राद्ध

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । प्रत्येक वर्ष प्रतिपदादेखि औँसीका दिन सम्म सोह्रश्राद्धका विभिन्न तिथि रहने गर्दछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो भने आज अन्तिम दिन औँसी श्राद्ध गर्नुपर्ने छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने जानकारी दिएका छन ।

दिवङ्गत पितृलाई आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा सम्मानका साथ सिदादान, तर्पण र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि चिनिने गरिन्छ ।

वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार पितृलाई चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि श्रद्धा भक्तिका साथ सम्झिन सोह्रश्राद्ध गर्ने गरिएको हो । शास्त्रीय मान्यताले यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने मान्निछ ।

  • न्युज बहार संवाददाता

थप