Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मोरङ जिल्लामा औषधि उद्योग खुल्ने

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

वैशाख १६, विराटनगर । मोरङ जिल्लामा औषधि उद्योग खुल्ने भएको छ । मोरङको  बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग भएको हो । एलेक्सा लाइफ साइन्स प्रालिले औषधि उद्योग खोल्न लागेको हो भने यो औषधि उद्योग अन्तराष्ट्रिय स्तरको गुणस्तरीय हुने जनाइएको छ ।

एलेक्सा लाइफ साइन्स प्रालिका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योगमा ७५ करोड रुपैयाँ लगानी भइसकेको छ । यसमा थप २५ करोड रुपैयाँ लगानी हुने र उद्योगको निर्माण सकिने जनाइएको छ ।

यस औषधि उद्योगको लक्ष्य अनुसार पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन त्यसैगरी तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गरिने छ ।

  • न्युज बहार संवाददाता

थप