फागुन ११, नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा
२४ बर्षीया सुत्केरीको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप
लगाएका छन् । यति मात्र हैन उनीहरुले चिकित्सकविरुद्ध मेडिकल काउन्सिलमा उजुरी
दिने तयारी गरेका छन् ।
मृतकका
श्रीमान् भीमसेन गजुरेलले चिकित्सकले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको
अवस्था गम्भीर भइसक्दा पनि रेफरमा ढिलाइ गरेको आरोप लगाएका छन ।
नुवाकोटको
विदुर नगरपालिकाकी सरिता न्यौपाने गत सोमबार गर्भ जाँच गराउन माइक्रो बस चढेर ५
किलोमिटर टाढाको त्रिशुली अस्पपताल पुगेकी थिइन् । भिडियो एक्सरेको रिपोर्टमा बच्चाको
मुटुको धड्कन कम भएको र गर्भवतीको पेटमा पानीको मात्रा कम रहेकाले नर्मल डेलिभरी
हुन नसक्ने भन्दै चिकित्सकले छिट्टै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।
शल्यक्रिया
चाँडै नगरेमा बच्चा र आमाको स्वास्थ्यमा तलमाथि हुने भनेकाले हामीले त्रिशुलीमै
शल्यक्रिया गर्न राजी भयौं श्रीमान् गजुरेलले भने, साँझ शल्यक्रिया पनि सफल भयो । शल्यक्रिया
पछी आमा र बच्चा दुबै ठिक छन भनिएको थियो तर बिरामीलाई केही घण्टामै इन्फेक्सन
भएर गाह्रो बनाइसकेको रहेछ ।
शल्यक्रिया पछी केही घण्टामै बिरामीको पेट दुख्न थाल्यो । तर, त्यहाँ भएका स्वास्थ्यकर्मीलाई बिरामी हेर्न आग्रह गर्दा शल्यक्रिया गरेको ठाउँमा दुख्छ भन्ने जवाफ दिए। राति २ बजेपछि श्वासप्रश्वासमा पनि समस्या देखियो । दिइरहेको अक्सिजनले पुगेन । स्वास्थ्यकर्मीले अक्सिजन पनि बढाए । आफन्तले चिकित्सकलाई बोलाउन आग्रह गरे । तर, चिकित्सक बिहान ५ बजेमात्र आइपुगे । एक्सरे गरेर हेर्दा चिकित्सकले बिरामीलाई निमोनिया भएको बताए ।अस्पतालले बाहिर लगिहाल्नु पर्दैन भन्दै थिइ तर बिरामिको अवस्था देखेर दिँउसो १ बजे काठमाडौंको मनमोहन मेमोरियल शिक्षण अस्पताल लगियो । तर मनमोहनका चिकित्सिकले बिरामीको सबै अंगले काम गर्न छोडिसकेको भन्दै बाँच्ने सम्भावना कम रहेको बताए । केही छिनमै बिरामीको मृत्यु भयो । ‘इन्फेक्सनलाई निमोनिया देखाएर एन्टिबायोटिक औषधि चलाएका रहेछन् । भिमसेन गजुरेलले भने अस्पतालमा भएका दुई स्त्री रोग विशेषज्ञ पनि बिदामा हुनुहुँदो रहेछ । अन्य चिकित्सकले अप्रेशन गरेको भन्ने पछी सुनिएको छ ।
यता त्रिशुली
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले गर्भवतीको मृत्यु हुनुमा
अस्पतालको व्यवस्थापकीय वा चिकित्सककीय कुनै पनि पक्षमा गल्ती नभएको दाबी गरे उनले
भनेका छन हामीले शल्यक्रिया गर्नु पहिलेनै सक्नु हुन्छ भने काठमाडौँ लैजानुस भनेका
थियौँ ।
अहिले बच्चाको स्वास्थ्यको सामान्य रहेको र मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मृतकका श्रिमान भिमसेन गजुरेलले भने ‘यस्तो घटना भएको त्रिशुलीमा पहिलो पटक मात्रै होइन । पटक–पटक यस्तो घटना भइरहेको छ । बिरामीको पोष्टमार्टम भएपछि हामीले सम्बन्धित निकायमा चिकित्सक र अस्पताल प्रशासन विरुद्ध उजुरी दिने तयारी गरेका छौं।’