Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हात्तीपाइले रोगको औषधि यही वर्ष मात्र खुवाइने

  •   २ वर्ष अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । नेपालमा यही चालु वर्ष मात्र हात्तीपाइले रोगको औषधि खुवाइने भएको छ । हात्तीपाइले रोगको औषधि नेपालमा यो वर्षमात्रै खुवाइने भएको हो । सरकारी सङ्कल्प अनुसार हात्तीपाइले रोग सन् २०३० सम्ममा नेपालबाट निवारण गरिसकिने छ ।

यही बैशाख १६ गते अर्थात आज आइतबारदेखि धनुषा, सर्लाही, झापा, रसुवा, कपिलवस्तु महोत्तरी र रौतहटमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सञ्चालनमा रहेको छ ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राका अनुसार सम्भवतः हात्तीपाइलेको औषधि सेवन अभियान यो नै अन्तिम हुने छ।

  • न्युज बहार संवाददाता

थप