Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शहिदहरुको सम्झनामा शहीद दिवस मनाइँदै

  •   ३ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, काठमाडौँ । आज देशभर देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । 

आज प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा इतिहासको विभिन्न कालखण्डमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने गरिन्छ । यस वर्ष पनि यही माघ १० देखि १६ गतेसम्म गत वर्षहरूमा जस्तै शहीदरूको योगदानको चर्चा गर्दै सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी रहेको छ । 

विसं १९९७ मा प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा माघ १३ गते शहीद धर्मभक्त माथेमालाई काठमाडौँको सिफलमा, माघ १५ गते गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई शोभाभगवतीमा र शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । 

आज बिहान शहीद दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने काठमाडौँ महानगरपालिकाले जनाइएको छ ।

महानगरका अनुसार प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ।

  • न्युज बहार संवाददाता

थप