Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज माघ १ गते माघे संक्रान्ति, माघी पर्व मनाइदैँ

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

माघ १, काठमाडौँ । आज माघ १ गते माघे संक्रान्ति पर्व मनाइँदैछ । माघ १ गतेलाई सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

माघ १ गतेलाई मगर र थारु समुदायले विशेष उल्लासका साथ मनाउने गरेका छन । आज काठमाडौँको टुँडिखेलमा उनीहरुले विशेष कार्यक्रम आयोजना गरी माघी मनाउँदैछन । आजको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई समेत निम्तो गरिएको छ ।

माघीलाई थारु समुदायले भने नयाँ वर्षको रुपमा मनाउने गरेका छन । माघ १ गतेदेखि थारु समुदायले नयाँ कामको थालनी गर्ने, गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ वर्षको योजना बनाउने लगायतका कार्यहरु गर्दछन् ।

आज माघे सङ्क्रान्तिका दिन प्रत्येकको घरमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी, सखरखण्ड आदि खाने प्रलन छ ।

माघ १ गतेलाई तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गरेका छन । तराईवासीका मान्यता अनुसार वर्षभर नुहाउने वातावरण नमिल्नेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप