Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालबालिकालाई नियमित दिइने खोपको अभाव

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिमा खोपको अभाव भएको छ ।  बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको हो । नियमितरुपमा एक वर्षभित्रका बालबालिकालाई लगाउने खोप डीपीटी तथा खुवाउने पोलियो अभाव भएको हो । 

स्थानीयको गुनासो अनुसार गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म पनि नपाइएको हो । 

बाँके जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई उपलब्ध गराउन नसकेको गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब अधिकृत लक्ष्मण राज शाहीले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप