चैत २९, काठमाडौँ । बुधबार, बिहिबार र आज शुक्रबार भएको वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा केही सुधार आएको छ ।
वर्षासँगै
काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू
एयरले जारी गरेको सूचीले देखाएको हो ।
आईक्यू
एयरका अनुसार आज शुक्रबार साँझ काठमाडौँको एक्यूआई ७७ रहेको छ । आज साढे पाँच बजे
सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहर मध्ये काठमाडौँ २८ औँ नम्बरमा छ । यसको
मतलब काठमाडौँको वायु गुणस्तरमा मध्यम छ ।
- न्युज बहार संवाददाता