Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शुभ साइतमा लगाइयो भाइटिका

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, काठमाडौँ  । नेपालीहरुको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधबार सबै तिर भाइटीका लगाइएको छ। भाइटिकाको लागी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०:५१ बजेलाई शुभ साइत तय गरेको थियो। दिदीबहिनीहरूले शुभ साइतमा दाजुभाइलाई आस्था, श्रद्धा, र निष्ठाका साथ आरोग्य, दीर्घायु र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन।

दिदीबहिनीहरूलाई दाजुभाइहरूले पनि आआफ्नो गच्छेअनुसारका उपहार, दक्षिणा, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन्।

दाजुभाइलाई दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन रहिआएको छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले शास्त्रीय मान्यता अनुसार दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने रहेको बताएका छन।

 

  • न्युज बहार संवाददाता

थप