Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वीरगन्जमा देखिएको संक्रमण हैजा नै रहेको पुष्टि

  •   ११ महिना अघि | १० भदौ २०८२, मङ्लबार

भदौ १०, काठमाडौँ । वीरगन्जमा देखिएको संक्रमण हैजा नै रहेको पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएका ३२ नमूनाको परीक्षणमध्ये २५ वटामा हैजा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

३२ वटा नमूना 'कल्चर' परीक्षणका लागि देशका विभिन्न प्रयोगशालामा पठाइएको र

तीमध्येबाट २५ वटामा हैजा पोजेटिभ आउनुका साथै ७ वटाको रिपोर्ट आउन बाँकी रहेको तथा पोजेटिभ आएकोमा कोलेरा टाइप वानको कीटाणु देखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जनाएका छन।

वीरगन्जका दुई नारायणी अस्पताल र तराई हस्पिटलबाट कुल ३२ जना बिरामीको दिसाको नमूना मधेस प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयको टोलीले संकलन गरेको थियो।

३२ वटा नमूना मध्ये जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २२ वटा र १० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू, काठमाडौँमा पठाइएको थियो।

आएका १० मध्ये ८ वटा नमूनामा हैजा पोजेटिभ देखिएको र बाँकी दुइटा नमूना परीक्षण क्रममै रहेको र बुधबारसम्म रिपोर्ट आउने टेकू प्रयोगशालाका चिकित्सा प्राविधिक उपप्रमुख एवं सूचना अधिकारी सन्तोष सुवेदीले जनाएका छन।

 

  • न्युज बहार संवाददाता

थप