बैशाख १०, काठमाडौँ। पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमित थपिएका छन।
१ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस सँगै कोरोना संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।
- न्युज बहार संवाददाता