बैशाख २, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यस अवधिभर ४५ जना सङ्क्रमणमुक्त भएका छन भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ८७ जनाले कोरोविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता